Logo

सांग्रिला बैंकद्धारा निःशुल्क दन्त परीक्षण शिविर कार्यक्रम सम्पन्न



काठमाडौं, ११ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसरमा दन्त परीक्षण गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा देशवयापी रुपमा सप्ताब्यापी कार्यक्रम गरेर निःशुल्क दन्त शिविरको आयोजना गरेको हो ।

कार्यक्रममा ७० जनाले दन्त परीक्षण गराएका थिए । डेन्ट इन क्लिनिकको सहयोगमा सम्पन्न निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहक तथा सेयरधनीको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्