Logo

‘केपी ओलीलाई धमिलो पानीमा माछा मार्न नखोज्न बाबुरामको चेतावनी’



काठमाडौं, ११ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा अहिलेको किसिमको विवाद आउनु लोकतन्त्रको लागि शोभनीय नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘यो गम्भीर अनिष्टको संकेत हो । यसमा मेरो स्पष्ट भनाई र निजी धारणा के छ भने यसको निरुपण उहाँहरुले न्यायालयभित्रैबाट गर्नु सबैभन्दा राम्रो हुन्छ । उहाँहरुले गर्न सक्नुभएन भने त फेरि व्यवस्थापिकाले आफ्नो गर्ने काम त गर्छ ।’

उनले अदालतमा गम्भीर रोग देखिएकोले त्यसको उपचार गर्नुपर्ने पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर रुपमा प्रतिशोधपूर्ण ढंगले संसद् पूनःस्थापनाविरुद्ध अभिव्यक्ति दिएको उनको टिप्पणी छ ।

उनले भने,‘अहिले उहाँले प्रतिशोधको रुपमा अदालततिर आफ्नो बोली तेर्साउनुभएको छ ।’ उनले केपी ओलीले न्यायालयमा पानी धमिल्याएर माछा नमार्दा नै राम्रो हुने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्