Logo

विवेकशील साझा पार्टी फुट्दै



काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी फुट्ने भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनीरपेक्षताविरोधी मुद्दासहितको दस्तावेज दुई तिहाई मतबाट पारित गरेपछि असन्तुष्ट पक्ष नयाँ पार्टी गठन प्रक्रियामा लागेको हो ।

मिश्र पक्षको कदमप्रति आपत्ती जनाउँदै संयोजक मिलन पाण्डे समूहले प्रश्न उठाइसकेको छ । उनले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

मिश्रको राजनीतिक प्रतिवेदनप्रति पाण्डे समूहले आपत्ती जनाउँदै आएको छ । बैठक नै डाकेर प्रस्ताव पारित गरेपछि विवेकशील फुट्ने निश्चित भएको हो । पाण्डे समूह गणतन्त्र, धर्मनीरपेक्ष र संघीयताको पक्षमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्