Logo

भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिको सिफारिशको निर्णय



काठमाडौं, ११ कात्तिक । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो ।

भारतका लागि डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्तिका लागि सिफारिश भएका हुन् । शर्मा अर्थशास्त्री हुन् । उनी अमेरिकाका लागि राजदूत भइसकेका छन् ।

ज्ञानचन्द्र आचार्य पूर्व परराष्ट्र सचिव हुन् । आचार्य संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि समेत नियुक्त भएका थिए । राष्ट्रसंघमा उपमहासचिव सम्म भए । श्रीधर खत्री राजनीतिशास्त्रका प्राध्यापक हुन् । उनी परराष्ट्र मामलाका जानकार पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्