Logo

शाहरुख खानका छोरा आर्यन जमानतमा रिहा



काठमाडौं, ११ कार्तिक । मुम्बई क्रुज ड्रग्स मामिलामा जेलमा रहेका आर्यन खान जमानतमा रिहा भएका छन् । बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको बिबिसी हिन्दीले लेखेको छ ।

लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस्