Logo

काँग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन (कहिले के हुने)



काठमाडौं, ११ कात्तिक । नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । बिहिबार काँग्रेस निर्वाचन समितिले मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको हो ।

काँग्रेसले १२ जिल्लाका वडा तहको अधिवेशन २७ कात्तिक मा हुने तय भएको छ । ३० कात्तिकमा पालिका तहको अधिवेशन गर्ने तय भएको छ । ३ मंसिरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाका जिल्ला अधिवेशन गर्ने तय भएको छ । १० मंसिरमा दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

सोलुखुम्बु, दार्चुला र म्याग्दी गरी तीन जिल्लाको हकमा २७ कात्तिकमा क्षेत्रीय अधिवेशन, १ मंसिरमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

मंसिर १ मा जुम्लाको अधिवेशन हुने भएको छ ।

रसुवा र रौतहट बाहेक ४६ जिल्लाको क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक निर्वाचन भएकोमा ६ मंसिर र दुई वा त्योभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा १० मंसिरमा अधिवेशन तोकिएको छ ।

प्रदेश अधिवेशन १६ र १७ मंसिरमा गरेर मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्