Logo

एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि



काठमाडौं, ११ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनको तयारीले गति लिएको छ । आज स्थायी कमिटी बैठक बसेर महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्याको टुंगो लगाएको छ ।

एमालेले १५३६ प्रतिनिधि संख्या रहने टुंग्याएको हो । जसमा ११९६ भूगोलबाट चयन भएर आउनेछन् । जसमा ३३२ जना भूगोलबाहेक जनवर्गीय संगठनलगायतबाट आउनेछन् ।

एमाले महाधिवेशन मंसिरमा हुने तय भइसकेको छ । महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने निश्चित जस्तै छ ।



प्रतिक्रिया दिनुहोस्