Logo

कसैले सडकबाट माग्दैमा म राजीनामा दिन्नँ, म न्यायापालिकाप्रति प्रतिबद्ध छु : प्रधानन्यायाधीश जबरा (भिडिओसहित) 



काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको स्पष्ट पारेका छन् । उनले आफूले सोचेजस्तो गर्न अझै बाँकी रहेको पनि सुनाए । अहिले राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण भैरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू संवैधानिक विधि र प्रक्रियाअनुसार नै प्रधानन्यायाधीश भएको सुनाए ।

उनले आफू संवैधानिक विधि र प्रक्रियाबाट बहिर्गमन हुन तयार रहेको सुनाए । उनले न्यायापालिकाको प्रमुखले सडकबाट कसैले माग्दैमा राजीनामा दिन नहुने सुनाए । उनले आफू संविधानप्रति निष्ठा र ईमानदारिता व्यक्त गर्ने व्यक्ति भएको सुनाए । उनले आफूले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको पनि दाबी गरे । 



प्रतिक्रिया दिनुहोस्