Logo

फेसबुक कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखियो



एजेन्सी, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । अब फेसबुकको व्यवसायिक नाम मटा भएको छ ।

कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ । फेसबुकको कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ । तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ ।

फेसबुकको डकुमेन्टरहरु पूर्व कर्मचारीबाट चुहिएपछि नयाँ कदम चालिएको हो । फेसबुकका मालिक मार्क जुकनवर्गले नयाँ नाम अनलाई जगतमा मानिसहरुले खेल, काम र भर्चुअल वातावरणमा काम गर्न सक्ने योजनासँगै निर्माण गरिएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot