Logo

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’



काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ ।

सामाजिक सञ्जालको नाम भने पुरानै रहने बताउँदै कम्पनीको नाम मात्रै परिवर्तन भएको उनले जानकारी दिए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्