Logo

इटालियन सिरी ए फुटबलः बोलोग्नामाथि नापोलीको जित



काठमाडौं, १२ कात्तिक । इटालियन सिरी ए फुटबलमा नापोलीले बोलोग्नामाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा नापोलीले बोलोग्नालाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको १८औं मिनेटमा फाबियन रुईजले गोलगर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै, ४१औं मिनेटमा लोरेन्जो इन्सीनीएले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । साथै, खेलको ६२औं मिनेटमा लोरेन्जोले पेनाल्टी मार्फत गोल गर्दै नापोलीलाई ३–० को जित दिलाए । यस जितसँगै नापोली १० खेलमा २८ अंककमा साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बोलोग्ना १२ औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot