Logo

नियमित जाँचका रजनीकान्त अस्पताल भर्ना



एजेन्सी १२ कात्तिक: बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित जाँचका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएको उनका बिश्वास पात्रले सञ्चारमाध्यमहरुलाई बताएका हुन् ।

अभिनेता पब्लिसिस्ट रियाज के अहमदको भनाईलाई उदृत गर्दै सञ्चनरमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘यो नियमित रूपमा गरिने स्वास्थ्य जाँच हो। उनी अहिले निजी अस्पतालमा चेकअपका लागि छन् भर्ना भएका छन् ।’

७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए । मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखिनेछन् । उनले केही दिन अगाडि मात्र ५१ औं ‘दादासाहेब फाल्के’ पुरस्कार समेत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्