Logo

चितवन पुगेर ओलीमाथि खनिए प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने उद्देश्यले यसअघि आफूहरुले वाम गठबन्धन गरेको स्पष्ट पारेका छन् । उनले भने,‘त्यही उद्देश्य बोकेर निर्वाचन पनि लडियो, र कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने पनि उद्देश्य राखिएको थियो । र, त्यसले चिवतन जिल्लाभरि र देशैभरि पनि सम्पूर्ण वामपन्थी र प्रगतिशिल र जनवादी शक्तिहरुमा समर्थनमा ठूलो उर्जा प्राप्त भएको थियो । झण्डै दुई तिहाई प्राप्त हुने ठाउँमा ल्याएको थियो ।’

आज चिवतनमा आयोजित एक कार्यक्रममा उनले आफूले नै गठबन्धनको प्रस्ताव राखेको पनि स्मरण गराए । संवैधानिक व्यवस्थाअनुसार देशमा विकासको नयाँ मोडेल दिनुपर्छ भनेर नै एमाले र माओवादी केन्द्रबीच एकता भएको पनि उनले स्मरण गराए । उनले नेपालमा ओली प्रवृत्ति प्रकट भएकोले तीन वर्ष नपुग्दै कम्युनिष्टको सरकार ढलेको पनि टिप्पणी गरे । उनले ओली प्रवृत्तिको कारण समृद्धिको सपना पूरा नभएको जिकिर गरे । file photo

https://www.facebook.com/prachanda.nepal/videos/1050515972382325



प्रतिक्रिया दिनुहोस्

Screenshot