Logo

अमेरिकामा साइबर अपराधका आरोपी रुसी नागरिकलाई ६० वर्ष जेल सजाय हुनसक्ने



एजेन्सी, १२ कात्तिक । कोरियाबाट साइबर अपराध गरेको आरोपमा रुसी नागरिक पक्राउ परे । उनलाई अमेरिका सुपुर्दुगी गरिएको छ ।

३८ वर्षीय रुसी नागरिक भ्लादिमिर डुनाएभ ओहायो राज्य पुर्याइएका छन् । उनी अन्तर्राष्ट्रिय साइबर अपराधको संगठनको सदस्य रहेको भनिएको छ । उनीमाथि अदालती कारबाही बढाइएको छ । अपराध प्रमाणित भएमा ६० वर्ष जेल सजाय हुनसक्ने अमेरिकी न्याय विभागले विज्ञप्तिमार्फत् भनेको छ । यो समूहले साइबर अपराधमार्फत् २० लाख डलर चोरी गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्