काठमाडौं, १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका छन् । उनले श्रेष्ठसँग ज्ञान भएको तर विवेक नभएको भनेका हुन् ।
‘कल्याणजीलाई इतिहासकै कलंकित प्रधानन्यायाधीश पत्रपत्रिकाले भनेको होइन ? नेपाल बारले खेद प्रस्ताव पारित गरेको होइन ?’ प्रधानन्यायाधीश जबराले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भने, ‘ज्ञान हुँदाहुँदै पनि विवेक नभएको व्यक्ति कल्याण श्रेष्ठ नै हो ।’
जबराले कल्याण श्रेष्ठलाई ‘अगत्स्य ऋषिकै जस्तो ज्ञान भएको व्यक्ति’ भने । उनले भने, ‘अगत्स्य ऋषिको जस्तो मूल्यांकन मैंले उहाँलाई गरेको छु ।’ न्यायपालिकामा निकै क्षमता भएको व्यक्ति श्रेष्ठ नै भएको बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठसहित ४ पूर्वप्रधानन्यायाधीशले जबराको राजीनामा मागेको अवस्थामा यस्तो भनाई आएको हो । जबराले हाँसी हाँसी कल्याण श्रेष्ठको प्रशंशा गर्दै विवेक नभएको भने ।




प्रतिक्रिया