Logo

प्रधानन्यायाधीश जबराद्वारा पूर्वप्रधानन्यायाधीश देखि वरिष्ठ अधिवक्ताहरुबारे खुलासा (भिडियोसहित)



काठमाडौं, १२ कात्तिक । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीश देखि नाम चलेका वरिष्ठ कानुन व्यवसायीहरुबारे खुलासा गरेका छन् । उनले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा अन्तवार्ताका क्रममा उनीहरुबारे खुलासा गरेका हुन् ।

जबराले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आफू पुनरावेदन अदालत विराटनगर बस्दा निकै नजिक रहेको खुलासा गरे । कार्की त्यतिबेला पुनरावेदन अदालत बारको अध्यक्ष कार्की भएको सुनाए । उनले भने,‘म उहाँलाई आदरणीय दिज्यू भन्थें ।’ विराटनगरबाट बिदा हुँदा न्यायपरिषदका पूर्व सदस्य रामप्रसाद सिटौलाको घरमा बिदाई कार्यक्रम राखेको समेत खुलाए । उनले भने,‘सुशीला कार्कीजीले आफ्नै खर्चमा मेरो बिदाई आयोजना गर्नुभयो ।’

कार्कीले जीवनमा कुनैपनि न्यायाधीशको बिदाई नगरेको र मेरो योगदान राम्रो भयो भन्दै कार्यक्रम आयोजना गरेको सुनाए । तर, कार्कीबारे उनले भने,‘अर्काको कानबाट सुन्नुभयो । अर्काको आँखाबाट हेरेर मूल्यांकन गर्नुभयो ।’

कार्की प्रधानन्यायाधीश हुँदा गरेको आदेशको कहिले विरोध नगरेको सुनाए । उनले भने,‘बेन्चबाट भएको फैसलालाई सिरोधार्य गर्नुपर्छ भनें ।’

राले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको व्यक्ति भने । उनले श्रेष्ठसँग ज्ञान भएको तर विवेक नभएको भनेका हुन् ।

‘कल्याणजीलाई इतिहासकै कलंकित प्रधानन्यायाधीश पत्रपत्रिकाले भनेको होइन ? नेपाल बारले खेद प्रस्ताव पारित गरेको होइन ? ज्ञान हुँदाहुँदै पनि विवेक नभएको व्यक्ति कल्याण श्रेष्ठ नै हो ।’

जबराले कल्याण श्रेष्ठलाई अगत्स्य ऋषिकै जस्तो ज्ञान भएको व्यक्ति भने । उनले भने, ‘अगत्स्य ऋषिको जस्तो मूल्यांकन मैंले उहाँलाई गरेको छु ।’ न्यायपालिकामा निकै क्षमता भएको व्यक्ति श्रेष्ठ नै भएको बताए ।

वरिष्ठ अधिवक्ता शम्भु थापासँग आफ्नो पारिवारिक सम्बन्ध भएको सुनाए । घट्टेकुलोमा नजिकै घर रहेको र पुरानो सम्बन्धबारे खुलाए । उनले भने,‘मलाई दुःख पर्दा उहाँको साथ माग्थें ।’ शम्भु थापाले आफूसँग राजीनामा नमागेको बताए । आफूले बाचुञ्जेल शम्भु थापालाई सम्मान गर्ने बताए । थापाले विचारको स्वतन्त्रताको प्रयोग गरेको बताए ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालसँग पनि आफ्नो राम्रो सम्बन्ध भएको सुनाए । आफूलाई सहयोग चाहिंदा दाहालको फममा गएर सहयोग माग्ने गरेको खुलासा गरे । उनले भने,‘म हरिहर दाहाललाई दाई भन्छु । उहाँको फममा पुगेर सहयोग माग्थें ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot