Logo

नेपाल बार एशोसिएशनले घोषणा गर्यो आन्दोलन, कार्तिक १६ गते सर्वोच्च परिसरमा धर्ना दिने (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । नेपाल बार एशोसिएशनको कार्यसमितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भ्रष्टाचार रोक्न नसकेको, न्यायापालिकाको गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिसकेकोले सर्वोच्च अदालतको इजलासमा नबस्न माग गरेको छ ।

बारको बैठकपछि निर्णय सार्वजनिक गदै यस्तो बताईएको छ । त्यसैगरि, यही कार्तिक १४, १५, १६ र १७ गते प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म विरोध कार्यक्रम गर्ने र उक्त कार्यक्रममा सचेततापूर्वक सहभागी हुन कानून व्यवसायीहरुलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, यही कार्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा आयोजना गरिने पनि निर्णय भएको छ।

तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot