Logo

आर्यन खान शनिबारमात्र जेलबाट छुट्ने



एजेन्सी, १२ कात्तिक । बलिउड स्टार साहरुख खानका छोरा आर्यन खान शनिबार मात्र जेलबाट छुट्ने भएका छन् । उनी आजको रात जेलमै रहनुपर्ने भएको छ ।

धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपनि रिहाईको कागज तयार गर्न समय लागेकाले उनी आजको रात आर्थुर रोड जेलमै रहनुपर्ने भएको हो । बलिउड कलाकार जुही चावला लागूऔषधसम्बन्धी विशेष अदालतमा आज उपस्थित भई आज औपचारिक धरौटी प्रक्रियाको काम गरेकी थिइन् ।

शुक्रबार बम्बे उच्च अदालतले ५ पृष्ठ लामो धरौटीको पत्र सार्वजनिक गरेको थियो । एक लाख भारु राखेर आर्यन खान रिहा हुन लागेका हुन् । उनीसहित एउटा समूहमाथि क्रुज जहाजमा लागूऔषध प्रयोगको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot