Logo

पाकिस्तानको तेस्रो जित, बंगलादेशको तेस्रो हार



काठमाडौं, १३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले पहिलो जित निकालेको छ । हिजो (शक्रबार) दिउँसो सारजाह स्टेडियमा भएको खेलमा बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । अंक विहिन रहको वेस्ट इन्डिज यस जितसँगै २ अंक जोडेको छ । ३ खेलमा २ अंक जोडेको वेस्ट इन्डिज समूह १ को पाँचौ स्थानमा रहेको छ । साथै, लगातार तेस्रो हार व्यहोरेको बंगलादेश अंक विहीन रहदै पुछारमा रहको छ ।

पाकिस्तानको तेस्रो जित

यस्तै, हिजो भएको दोस्रो खेलमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ । दुबईमा अन्तराष्ट्रिय स्टेडिममा भएको खेलमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले तेस्रो जित निकालेको हो ।

अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot