Logo

आर्यन खान जेलबाट रिहा



एजेन्सी, १३ कात्तिक । ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन खान रिहा भएका छन् । प्रहरीले गत अक्टोबर २ मा ड्रग्स केसमा परेका आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

आर्यनको जमानत भएसँगै उनी आज मुम्बईस्थित आर्थर रोड जेलबाट आज विहान रिहाइ भएका हुन् । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो । बिहीबार खानले जमानत पाएका थिए । मुम्बई उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुने बताएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot