Logo

प्रधानन्यायाधीश जबरालाई भेट्दै शम्भु थापा र हरिहर दाहाल



काठमाडौं, १३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र हरिहर दाहालले भेट्ने भएका छन् । थापा र दाहालको जबरासँग भेट तय भएको हो ।

नेपाल बार एशोशिएसनले जबरालाई राजीनामाका लागि दबाब दिइरहँदा भेट हुन लागेको हो । बारका पूर्व अध्यक्ष थापा र दाहाल पनि जबराको विपक्षमा उभिएका छन् ।

यद्यपि, थापा र दाहालसँग जबराको व्यक्तिगत सम्बन्ध छ । जबरा प्रधानन्यायाधीश नहुँदै जबराको थापा र दाहालसँग सुमधुर सम्बन्ध थियो । उनी दुवैसँग सहयोग मागिरहन्थे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot