Logo

एसियन कप छनोटमा नेपाल लेबनानसँग खेल्दै



काठमाडौं, १३ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले भोलि (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानमा जारी खेलमा नेपाल र लेबनानबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु हुनेछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।

लगातार दुई खेलमा हार ब्यहोरीसकेका दुई टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजको खेलमा दुवई टोली सान्त्वना जितको खोजीमा हुनेछन् । एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भयो भने दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल र लेबनान अंक विहिन रहेका छन् । साथै, ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अंक जोडेको इरान दोस्रो स्थानमा रहेको छ । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्