Logo

‘हामीले प्रधानन्यायाधीशको राजीनामा मागेका छैनौं’ : चन्द्र भण्डारी



काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

डा. भण्डारीले भने–‘हामीले प्रधानन्यायाधीशको राजीनामा पनि मागेका छैनौं । र, महाभियोगजस्तो कुरा, हेर्नुहोस फन्टुस कुराजस्तो जतिवेला पनि गर्नुुहुन्न । न्यायापािलका स्वतन्त्र र निश्पक्ष होस, र जनताले न्याय पाउनुपर्छ । न्यायालयभित्र रहेका सबैखाले विकृति अन्त्य हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी महाभियोग लगाउनेजस्तो गैरजिम्मेवार गर्ने कुरा गर्ने पक्षमा छँदापनि छैनौं । गर्दा पनि गर्दैनौं । तर, प्रजातन्त्रको महत्वपूर्ण अंग भनेको न्यायापालिका हो । यसमा भएको द्धन्द्धको निकासको लागि कांग्रेसले र अहिलेको सरकारले मध्यस्थता गर्नुपर्छ ।’

हिओमात्रै कांग्रेसका एक दर्जन युवा नेताहरुले प्रधानन्यायाधीशको राजीनामा मागेको कुरा आएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot