Logo

द्वन्द्वकालमा विस्थापित कर्मचारी र शिक्षकको समस्या सम्बोधन गर्नुपर्छ : मन्त्री पौडेल



काठमाडौं, १३ कात्तिक। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले द्वन्द्वकालमा विस्थापित भएका कर्मचारी र शिक्षकका समस्याको विषय सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्। आज (शनिबार) नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्बोधनको क्रममा उनले भने, ‘जनयुद्धमा लागेर विस्थापित भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा भएको छ।’

पौडेलले संसद्मा अड्किएको संघीय निजामति ऐन अगाडि बढ्ने बताएका थिए । उनले भने, ‘संघीय निजामति ऐन बनाउन लामो समय कसरत भयो विभिन्न कारणले संसदमा अड्किएको छ । यसबारेमा अस्तिको क्याविनेटमा छलफल भएको छ ।’ उनले माओवादीले फेरि चुनाव जित्दैन भन्ने प्रक्रियावादीले हल्ला चलाएपनि अबको निर्वाचनमा पहिलो पार्टी बन्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्