Logo

मेरै कार्यकालमा काठमाडौंवासीलाई मेलम्चीको पानी वितरण गर्छु : मन्त्री चौधरी



काठमाडौं, १३ कार्तिक । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंवासीलाई वितरणको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्चीको पानी जतिसक्दो चाँडो काठमाडौंवासीलाई उपलब्ध गराउनेतर्फ आफू लागिपरेको उनको भनाई थियो ।

त्यस्तै, उनले तराई मधेसमा भूमिगत पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा आर्सनिक पानी पिउनुपर्ने बाध्यताबाट मुक्त गर्ने योजना पनि बनाईसकेको सुनाए । उनले कृष्णप्रसाद सिटौला कांग्रेसमा सबैलाई समेटेर अघि बढ्ने नेता भएको उल्लेख गरे ।

सिटौलाकै नेतृत्वदायी भूमिकामा काङ्ग्रेस प्रभावकारी रुपमा अघि बढ्ने बताए । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियनका अध्यक्ष पुष्कर आचार्य, महिला संघकी महासचिव तथा पूर्व सभासद धना खतिवडा, पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरी, पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनालगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्