Logo

खाने हैन त बैंकमा जागिर? विभिन्न १२ पदमा ८०० भन्दा बढी माग



काठमाडौं, कार्तिक १४ । राष्ट्रिय बाणिज्य बैंक विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन माग गरेको छ । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन माग गरिएको हो । आज सार्वजनिक विज्ञापन अनुसार बैंकले दुई जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) समेत माग गरेको छ ।

८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ । आवेदन दिने अन्तिम म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot