Logo

ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी



बेइजिङ, १४ कात्तिक : ताइवान स्ट्रेटमा अमेरिकी सैन्य उपस्थिति देखाएको ताइवानलाई चीनले कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय ताइवान र अमेरिकी सम्बन्धलाई ध्यानमा राख्दै चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी दिएको हो।

ताइवानकी राष्ट्रपति साई इङ वेनले गएको बिहीबार सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना सेनालाई प्रशिक्षण दिन ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको र चीनविरुद्ध अमेरिकाले आफ्नो रक्षा गर्ने अभिव्यक्ति दिएकी थिइन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनविरुद्ध ताइवानको रक्षा गर्ने अभिव्यक्तिपछि राष्ट्रपति वेनले अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

ताइवान र अमेरिकाका प्रमुख शीर्ष नेताको अभिव्यक्ति र दुई देशको पछिल्लो सम्बन्धपछि चीनले सो चेतावनी दिएको ग्लोबल टाइम्समा समाचार छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot