Logo

स्वागत नेपालको नेतृत्वमा नेपाल बार परिसरमा सेतापट्टी बाँधेर कानून व्यवसायीहरुको प्रदर्शन



काठमाडौं, १४ कार्तिक । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले नेपाल बार एशोसिएसशनको प्राङ्गणमा सेतो पट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला अधिवक्ता स्वागत नेपालको नेतृत्वमा स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।

उक्त प्रदर्शनमा बार परिसरमै कुटाई खाने अधिवक्ता भूमिनन्द चुडाल पनि छन् । अहिले बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत नहेरिएको भन्दै स्वागत नेपालले आक्रोश पोखेका छन्। उनले आफूहरुले पनि चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको जनाए ।file photo

बारको आन्दोलन कथित हो, बार–बेञ्च समन्वय समिति ‘सेटिङ समिति हो’ : स्वागत नेपाल (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्

Screenshot