Logo

बेलायतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो



१४ कात्तिक : बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो ।

त्यसैगरी त्यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ । यो समेतगरी त्यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्