Logo

श्रीलंकाले चीनबाट आयात गरेको मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि…



एजेन्सी, १४ कात्तिक । श्रीलंकाले चीनबाट आयात गरेको मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि खरिद वापत्को रकम तिर्न मानेको छैन । राज्य नियन्त्रिक सिलोन फर्टिलाइजर कम्पनीले चिनियाँ कम्पनीलाई खरिद वापत्को रकम रोक्ने आदेश अदालतबाट पाएको छ ।

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेको कार्यालयले चिनियाँ मल परीक्षणका क्रममा खतरनाक ब्याकटेरिया भेटिएको उल्लेख गरेको छ । श्रीलंकाली कृषिमन्त्रीले चिनियाँ मल लोड गर्न समेत रोक लगाउने आदेश दिएका छन् ।

४९ लाख डलर किङडाओ सीविन बायोटेकले रकम तिर्नबाट रोक्न अदालतको आदेश पाएको हो । मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि श्रीलंकाको बैंकबाट रकम तिर्न रोक लगाइएको हो ।

श्रीलंकाको कदमपछि चिनियाँ राजदूतावासले पिपल्स ब्यांक अफ श्रीलंकालाई कालो सूचीमा राखिदिएको छ । दुई कम्पनीबीचको सम्झौता अनुसारको रकम तिर्न श्रीलंका तयार भएको छैन । श्रीलंकाले चिनियाँ मल ल्याउने जहाजलाई पनि बन्देज लगाइदिएको छ ।

श्रीलंकाले शतप्रतिशत अर्गानिक कृषि सञ्चालनको महत्वाकांक्षी योजना सारेपछि चीनबाट त्यस्ता मलखाद ल्याउन थालिएको थियो । तर, मलमा खतरनाक ब्याकटरियो भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्