Logo

तालिवानी शासनमा विवाहमा संगीत बजाउँदा गोली चल्यो, २ ठहरै



एजेन्सी, १४ कात्तिक । अफगानिस्तानमा तालिवान शासन आएपछि मनोरञ्जनका क्षेत्रमा कडाई गरिएको छ । विगतमा तालिवानहरुले संगित पनि बन्द गर्न लगाएका थिए । यसपटक उनीहरुले त्यस्तो कुनै सूचना जारी नगरेपनि कडाई गरिरहेका छन् ।

अफगानिस्तानको नारगाहर प्रान्तमा सामूहिक विवाह समारोहमा गीत बजाउँदा बुन्दधारीहरुले आक्रमण गरेका छन् । आफूहरु तालिवानी भन्दै उनीहरुले सामूहिक विवाह भइरहेको बेला आक्रमण गरेका हुन् ।

विवाहमा संगीत बजेको कारण देखाउँदै उनीहरुले आक्रमण गरेको बीबीसीमा उल्लेख छ । आक्रमणमा परि २ दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जनाइएको छ । उक्त घटनापछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम बीबीसीले लेखेको छ,‘तीन मध्ये दुईजना बन्दूक धारीलाई हामीले नियन्त्रणमा लिएका छौँ । उनीहरुले आफूहरु तालिवान समूहमा रहेको बताएको विषय गलत हो ।’

तालिवानले विगतमा सन् १९९६ देखि २००१ सम्म शासन गर्दा संगीतमाथि प्रतिबन्ध लगाएको थियो । तर, १५ अगस्तमा पुनः अफगानिस्तानमाथि कब्जा जमाउन सफल भएका तालिवानले उक्त विषयमा कुनै नियम साँझा गरेको छैन् ।

विवाह गर्ने व्यक्तिहरुले समारोहको सुरु मै क्षेत्रीय तालिवानी नेता सँग समेत अनुमति लिएको थियो । तर, त्यहाँ तीन जना बन्दूक धारीले लाउड स्पीकरलाई ध्वस्त पारी आक्रमण गरेको बताइएको छ । तालिवानी प्रवक्तका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ । तालिवानलाई थ्रेट दिइरहेको आइएस ग्रुप समेत नारगाहर प्रान्तमा उपस्थिसत जनाइरहेको छ । उनीहरुमाथि हिंसात्मक घटनाको दोषी देखाइएको छ ।-Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्