Logo

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान



काठमाडौँ, १४ कात्तिक: प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान घरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन् ।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्