Logo

२०८१ सालभित्र नेपालमा गणतन्त्र समाप्ती भएर राजतन्त्रको स्थापना हुन्छ : ज्योतिष खतिवडा (भिडिओसहित)



काठमाडौं, १४ कार्तिक । आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका छन् । उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको पासो भएको दाबी गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनैपनि हालतमा नहट्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले राम्रो काम गरेको सुनाए । उनले आफूले पनि राम्रो काम गरेकोले सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको सुनाए । उनले फेरि नेपालमा लकडाउन हुने पनि बताए । उनले कोरोना महामारीको तेस्रो लहर आईसकेको सुनाए । उनले जनता रोग र भोकले मर्ने खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्