Logo

तालिवानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे



१४ कात्तिक : तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएन ।

तालिवान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपी उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिवान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू चेलाहरुसँग कुरा गरेका तालिवान अधिकारीहरूले बताएका थिए ।

सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिवानको नेता नियुक्त गरिएको थियो ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्