Logo

आइसिसी टि-२० विश्वकप: भारत र न्युजिल्यान्ड भिड्दै



एजेन्सी, १४ कात्तिक। भारतले आइसिसी टि२० विश्वकपमा आज साँझ न्युजिल्यान्डसँग खेल्दै छ । सुपर १२ को समूह २ मा रहेको भारत र न्युजिल्यान्ड दुबैलाई सेमिफाइनल सम्भावना बलियो बनाउन आजको खेलमा जित्नै पर्ने दबाब छ । भारत पाकिस्तानसँग पहिलो खेलमा १० विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अंक विहीन दुबै टोलीलाई यो खेल गर वा मरको अवस्था छ ।

भारतले आइसिसीको प्रतियोगितामा न्युजिल्यान्डलाई झण्डै दुई दशक देखि हराउन सकेको छैन । आइसिसी प्रतियोगिता इतिहास हेर्दा भारतमाथि न्युजिल्यान्ड लगातार हाबी हुँदै आएको छ ।दबाबमा कमजोर प्रदर्शन भारतीय टोलीको मुख्य कमजोरी रहँदै आएको छ । एकदिवसिय विश्वकप इतिहासमा भारत र न्युजिल्यान्डबीच ९ खेल भएका छन् । जसमा भारत ३ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहीन छ । टि२० विश्वकपमा दुई खेलमा दुबैमा न्युजिल्यान्ड विजयी भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्