Logo

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन



काठमाडौँ, १४ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । आज (आइतबार) सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्यासको मुल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको जनाइएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष गुरेलले अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको बताए ।



प्रतिक्रिया दिनुहोस्