Logo

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाई गरे



काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका छन् ।  उनले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् ।

महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरु वहस गरेका थिए । उक्त मुद्दाको सुनुवाइ सम्पन्न भएकोले आजै केही बेरमा आदेश आउने जनाईएको छ ।  उता, नेपाल बारले भने प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आजबाट कालोपट्टी बाँधेर आन्दोलन थालेको छ। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बारको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्