Logo

मनाङको स्याउ फार्म अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फोटोफिचर)



काठमाडौं, कार्तिक १५। राष्ट्रपति विद्यादेवी भण्डारी मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गरेकी छन् ।

आज विहान काठमाडौंबाट हेलिकप्टर चढेर मनाङ पुगेकी भण्डारीले सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको फार्मको अवलोकन गरेकी छन् ।

सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ । मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

तस्विरः रासस



प्रतिक्रिया दिनुहोस्