Logo

नेपाल बार एशोसिएशनको विरोध प्रदर्शन जारी (फोटोफिचर)



काठमाडौं, कार्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजपनि विरोध प्रदर्शन जारी राखेका छन्।

आइतबारदेखि सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोला प्रथाबाट पेसी तोक्छु भनेर पछि हटेको लगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका हुन्। उनीहरूले आज पनि बिहान साढे १० बजेदेखि बार परिसरमा विरोध प्रदर्शनलाई सुरु गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्