Logo

रोमाको घरेलु मैदानमा एसी मिलानको जित



काठमाडौं, १५ कात्तिक । इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमामाथि जित निकालेको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा मिलानले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । साथै, खेलको ५७औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा थियो हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै, खेलको इन्जुरी समयमा रोमाका सारावेले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । यस जितसँगै मिलान ११ खेलमा ३१ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । १९ अंक जोडेको रोमा चौंथो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्