Logo

स्पेनिस ला लिगाः एट्लेटिको मड्रिडको जित



काठमाडौं, १५ कात्तिक। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २६औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई सुरुवाति अग्रता दिलाएका थिए ।

खेलको ६३औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि एट्लेटिकोले दोब्बर अग्रता लियो । साथै, खेलको ८०औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई ३–० को जित दिलाए ।
यस जितसँगै ११ खेलमा २२ अंक जोडेको एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ । बेटिस २१ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot