Logo

म बार्सिलोना फर्किन चाहन्छुः मेस्सी



काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् ।

दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न नसक्ने बताएपछि उनी पीएसजीसँग अनुबन्धीत भएका हुन् ।

‘म बार्सिलोनाका लागि प्रभावकारी र सहयोगी हुन चाहन्छु, म बार्सिलोनालाई माया गर्छु त्यसकारण क्लबलाई सहयोग गर्न म बार्सिलोना फर्किन चाहन्छु’ उनले भनेका थिए । बार्सिलोना छाडेर पीएसजी गएपछि मेस्सीलाई गोल गर्न निकै गाह्रो भइरहेको छ । च्याम्पियन्स लिगमा तीन गोल गरेका उनले फ्रन्च लिग वानमा अहिलेसम्म गोल गर्न सकेका छैनन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्