Logo

विश्वकप क्रिकेटः भारतको लज्जास्पद हार



काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ । दुबई अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले न्युजिल्याण्डलाई १ सय ११ रनको लक्ष्य दिएको थियो । यसलाई न्युजिल्याण्डले १४ ओभर ३ बलमा २ विकेटको नोक्सानिमा पुरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले सर्वाधिक ४९ रन जोडे भने कप्तान केन विलियम्सनले अविजित रहँदै ३३ रन बनाउन सफल भए ।

भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतका लागि रविन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । हार्दिक पाड्याले २३ रन बनाए भने केएल राहुलले १८ रन जोडे ।

साथै, कप्तान विराट कोहली ९ रन मात्र बनाउन सके । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए । साथै, इस सोधीले २ विकेट लिए भने टिम साउथी र आदम मिल्नेले समान १÷१ विकेट लिए । यस जितसँगै समूह २ को न्युजिल्याण्ड २ खेलमा २ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ । अंक विहीन रहेको भारत समूहको पाँचौं स्थानमा रहेको छ । भारतको यो लगातार दोस्रो हार हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्