Logo

प्रधानन्यायाधीशको राजीनामा मागेका छैनौं, न्यायालयभित्रैबाट समस्याको समाधान हुनुपर्छ : सह-महामन्त्री थापा (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले अहिले न्यायालयभित्र देखिएको समस्या न्यायालयभित्रैबाट समाधान होस भन्ने आफूहरुले चाहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वार्ताबाट नै समस्याको समाधान हुने पनि विश्वास दिलाए । उनले भने,‘यो समस्यालाई समाधान गर्नको लागि हामीले परिपक्व कदम चाल्नुपर्छ ।’ आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको पनि थापाले स्पष्ट पारे ।

उनले न्यायालयभित्रको समस्या समाधानको लागि अहिले न्यायाधीशहरु र प्रधानन्यायाधीशबीच सम्वादको वातावरण बनिरहेको पनि सुनाए । यस्तो अवस्थामा दलहरुले कुनै हस्तक्षेपकारी भूमिका खेल्न नहुने उनको तर्क छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबरालाई हटाउने भनेर कतै नबोलेको थापाले सुनाए ।

उनले नेपाल बार एशोसिएशनको जारी आन्दोलनमा आफ्नो पार्टीको समर्थन छ वा छैन भन्नु भन्दापनि अहिले समस्या समाधानको लागि प्रधानन्यायाधीश जबरा र न्याायधीशहरुबीच वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्