Logo

संविधानको व्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको हो, त्यसमा सेटिङको कुरा छैन : पौडेल



काठमाडौं, १५ कात्तिक। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री हुने कुरामा सेटिङ नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज (सोमबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले संविधानको ब्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको सुनाए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन। ’

यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलको भनाई छ । उनले भने, ‘संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन।’ उनले अब कार्यतालिकामा तलमाथि हुने भन्दै मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot