Logo

जग्गाको बिषयमा बिवाद हुँदा महिलामाथि कुटपिट, ३ जना पक्राउ



सिरहा, १५ कात्तिक । कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । अर्नामा गाउँपालिका–४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

यादव लगायत ३ जनाले जग्गाको बिषयमा वादबिवाद भई ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न हाल फरार २ जनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot