Logo

अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनले झुटो बोलेको फ्रान्सका राष्ट्रपति म्याक्रोँको आरोप



एजेन्सी, १५ कात्तिक। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले आफूलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले झुट बोलेको बताएका छन्। पनडुब्बी सम्झौताको विषयलाई लिएर मौरिसनले झुट बोलेको म्याक्रोँले आरोप लगाएका हुन् ।

तपाईँलाई मौरिसनले झुट बोलेको जस्तो लाग्छ ? भन्ने प्रश्नमा म्याक्रोँले भने, ‘लाग्छ होइन मलाई थाहा छ।’ अमेरिका–बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब डलरको पनडुब्बी खरिद सम्झौता रद्द गरेको थियो। मौरिसनले भने यो फ्रान्समाथिको बेइमानी नभएको बताउँदै आएका छन्।

गत सेप्टेम्बरमा सुरु भएको यो विवादपछि पहिलोपटक पहिलोपटक म्याक्रोँ र मौरिसनबीच भेटवार्ता भएको हो। अब पुनः मौरिसनलाई विश्वास गर्न सकिन्छ त ? भन्ने प्रश्नमा म्याक्रोँले अब अष्ट्रेलियाले कस्तो व्यवहार गर्छ त्यसमा भर पर्ने बताएका छन्। अकस सम्झौताको कारण तीनै मुलुकसँग फ्रान्सको सम्बन्ध तनावपूर्ण बनेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot