Logo

कर्मचारी अभावका कारण अमेरिकन एयरलाइन्सको हजार बढी उडान रद्द



टेक्सस, १५ कात्तिक। अमेरिकन एयरलाइन्सले कर्मचारी अभावमा हजारभन्दा बढी उडान रद्द गर्नुपरेको छ। एयरलाइन्सले कर्मचारी अभाव र मौसमको कारण देखाउँदै सो संख्यामा उडान रद्द गर्नु परेको हो।

फ्लाइटअवेरको नयाँ तथ्यांकअनुसार एयरलाइन्सले ह्वालोविन सप्ताहको लागि उडान तय गरिएका करिब ७ सय उडान रद्द गरेको छ भने गएको शुक्रबारदेखि हालसम्म १ हजारभन्दा बढी उडान रद्द गरेको छ। कर्मचारी अभाव र मौसम विषमताको कारण देखाउँदै एयरलाइन्सले शनिबार र आइतबारका करिब मात्र करिब ८ सय उडान स्थगित गरेको तथ्यांकले जनाएको छ।

अमेरिकन एयरलाईन्स कम्पनीले संसारभर दैनिक ६ हजार ७ सय उडान सञ्चालन गर्दै आएको छ।

गएको बिहिबारदेखि त्यहाँको मौसम खराब भएको र विभिन्न कारण कर्मचारी अभाव हुँदा उडान स्थगित गर्नुपरेको अमेरिकन एयरलाइन्सका सीइओ डेभिड सेमौरले बताएका छन्। सो समस्या एक महिनाभित्रै हल गर्नेसमेत उनको भनाइ छ।

कम्पनीले डिसेम्बरभित्र १८ सय विमानका कर्मचारी र ४ हजारभन्दा बढी विमानस्थलका कर्मचारीहरुलाई नियुक्त गर्ने घोषणा गरेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्