Logo

मेक्सिकोमा हजार वर्ष पुरानो डुङ्गा भेटियो



मेक्सिको, १५ कात्तिक। मेक्सिकोमा करिब १ हजार वर्ष पुरानो डुङ्गा (कन्यु) फेला परेको छ। रेलमार्ग निर्माणको क्रममा उक्त डुङ्गा फेला परेको हो।

मेक्सिकोको नेसनल इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी एण्ड हिस्ट्रि (आइएनएएच)को समूहले पानीमुनि उक्त डुङ्गा फेला पारेका हुन्। उक्त डुङ्गा माया सभ्यताका मानिसहरुले प्रयोग गरेको हुन सक्ने अन्वेषकहरुले अनुमान गरेका छन्।

‘विवादित पर्यटकीय परियोजना ‘माया ट्रेन’ निर्माणको क्रममा सो डुङ्गा फेला परेको हो’ आइएनएएचको टिमले विज्ञप्तीमार्फत भनेका छन्, ‘यस्तो खाले यो नै संसारको पहिलो डुङ्गा हुन सक्छ। जुन माया सभ्यताका मानिसहरुले संरक्षण गरेर राखेको हुन सक्छ।’ उक्त डुङ्गा ८३० एडीदेखि ९५० को बिचमा बनेको अनुमान उनीहरुले गरेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्