Logo

अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता



१५ कात्तिक : अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशका बीचको आपसी सम्बन्धका साथै अन्य विभिन्न विषयहरुमा छलफल भएको बताइएको छ । टर्कीका राष्ट्रपति एर्दाेगानको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिअनुसार उनीहरुले आपसी व्यापार विस्तारका साथै अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा सहकार्य गरी अघि बढ्ने बारेमा छलफल भएको थियो ।

इटालीको रोममा जारी रहेको जि२० को नेताहरुको सम्मेलनका क्रममा उनीहरुबीचमा आइतबार सो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुले कोभिड -१९ को समस्याका साथै अन्य आन्तरिक तथा बाह्य समस्या र विषयवस्तुहरुमा आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको थियो ।

उनीहरुका बीचमा द्धिपक्षीय व्यापारमा अभिबृद्धि गर्ने, नेटो सैन्य गठबन्धनमा मिलेर अघि बढ्ने तथा जलवायु परिवर्तनका विषयमा पनि आपसमा मिलेर के कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी भएको थियो ।

इटालीको रोममा भएको जि२० को नेताहरुको सम्मेलनका क्रममा विश्वका अन्य नेताहरुका बीचमा यस्तो भेटवार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुले विशेषगरी कोभिड-१९ का कारण उत्पन्न परिस्थितिका बारेमा पनि आवश्यक छलफल गरी सामुहिक रुपमा समाधानका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा आवश्यक छलफल भएको थियो ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्